गणेश नेपाली मृत्यु प्रकरण : ५ सदस्यीय छानबिन समिति गठन

गणेश नेपाली मृत्यु प्रकरण : ५ सदस्यीय छानबिन समिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– गणेश नेपाली मृत्यु प्रकरणमा छानबिन समिति गठन गरिएको छ। उपत्यका प्रहरी कार्यालय रानीपोखरीले कार्यालयका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो।

आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री सुधन गुरुङले डिआइजी थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बनाइएको जानकारी दिए।

समितिमा काठमाण्डु प्रहरी परिसर र काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकारीहरू सामेल छन्। 

बिहीबार काठमाण्डुको त्रिपुरेश्वरमा नगर प्रहरीसँग विवाद भएपछि गणेशले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।

गम्भीर घाइते भएका उनको शुक्रबार बिहान वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।