दाङ- दाङमा एक जनप्रतिनिधिले सरकारी कर्मचारीको शरीरमा मोबिल खन्याएर दुव्र्यवहार गरेका छन् ।
घोराही उपमहानगरपालिका–१५ का वडा सदस्य लेखनाथ बुढाथोकी (उत्तम) उपमहानगरको शिक्षा महाशाखामा कार्यरत अधिकृत अजय बोहोराको शरीरमा मोबिल खन्याएका हुन् ।
सामाजिक सञ्जालभर भाइरल भएको भिडियोमा सरकारी नम्बर प्लेटको मोटरसाइकलमा हिंडिरहेका बोहरालाई रोकेर बुढाथोकीले टाउकोबाट मोबिल खन्याइदिएको देखिन्छ ।
बोहरा र बुढाथोकीबीच स्थानीय पद्मोदय पब्लिक स्कुलको विद्यालय व्यवस्थापन समितिको निर्वाचनको विषयलाई लिएर विवाद भएको प्रहरीले जनाएको छ ।
बुढाथोकीले शिक्षा नियमावलीविपरीत विद्यालय व्यवस्थापन समितिको निर्वाचन गराएको आरोप बोहरामाथि लगाएका छन् ।
बुढाथोकीलाई पक्राउ गरी कारबाहीको माग भए पनि प्रहरीले उनलाई पक्राउ गरेको छैन ।
मोबिल खन्याएको भिडियो बुढाथोकी आफैंले फेसबुकमा अपलोड गरेका थिए ।




प्रतिक्रिया