एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो हत्या प्रयास गरे सम्पूर्ण शक्ति लगाएर यसअघि कहिल्यै नदेखिएको शैलीमा आक्रमण गर्ने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ट्रम्पले आफ्नो हत्या प्रयास भए इरानलाई ध्वस्त पार्ने बताए ।
इरानमा आक्रमण गर्न एक हजार मिसाइल तयारी हालतमा राखिएको चेतावनी उनको छ । ट्रम्पले आवश्यक परे इरानमा अरु हजारौं मिसाइल प्रहार गरिने लेखेका छन् ।
‘कथमकदाचित इरानले मेरो हत्या गर्न हमला गर्यो भने इरानलाई पूर्ण रूपमा ध्वस्त पारिनेछ’, ट्रम्पले भनेका छन् ।
आफूले अमेरिकी सेनालाई यसअघि नै जवाफी कारबाहीको आदेश दिएको र त्यस्तो कारबाही एक वर्षसम्म निरन्तर हुन सक्ने उनको भनाइ छ ।
इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको शुक्रबार अन्त्येष्टि गरिनुअघि निस्किएको विशाल शवयात्राका सहभागीले ट्रम्पको हत्या गर्ने पर्चा बोकेका थिए ।
ट्रम्पको चेतावनीयुक्त भनाइको संकेत त्यसैतर्फ हो ।
खामेनी गत २८ फेब्रुअरी मा तेहरानको केन्द्रमा भागस्थित खामेनी निवासमा भएको अमेरिका–इजरायलको संयुक्त सैन्य हमलाम मारिएका थिए ।




प्रतिक्रिया