गणेश नेपाली मृत्यु प्रकरणः वीर अस्पताल अगाडि हजारौंको प्रदर्शन

गणेश नेपाली मृत्यु प्रकरणः वीर अस्पताल अगाडि हजारौंको प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मुगुका युवा गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि शरीरमा पेट्रोल खन्याएर आत्मदाह गरेको घटनाको विरोधमा राजधानीमा प्रदर्शन भएको छ ।

गणेशलाई न्याय माग गर्दै शनिबार काठमाण्डुको वीर अस्पताल अगाडि सरकारविरुद्ध प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन् ।

उनीहरुले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङको राजीनामा मागेका छन् । प्रदर्शनकारीले सरकार नेतृत्वकर्ता दल रास्वपा सभापति रवि लामिछानेविरुद्धसमेत नाराबाजी गरेका छन् ।


नेपालीको आत्मदाह नभई सरकारले हत्या गरेको आरोप उनीहरुको छ ।

प्रदर्शन उग्र हुन नदिने सो क्षेत्रमा बाक्लो सुरक्षा तैथानी बढाइएको छ । शरीरको ७५ प्रतिशत भाग जलेका नेपालीको उपचारका क्रममा शुक्रबार राति ज्यान गएको थियो ।

शव प्रहरीले गएराति त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगेको छ ।

आफन्तलाई समेत थाहा नदिई प्रहरी लगाएर जबर्जस्ती शव सारिएको भन्दै सरकारको विरोध भएको छ ।

सरकारले भने पोष्टमार्टमका लागि शव शिक्षण अस्पताल लगिएको प्रष्टीकरण दिएको छ ।

आफूहरुका माग पुरा नभएसम्म शव नबुझ्ने अडान मृतक परिवारको छ ।