गोरखा – जिल्लाका विभिन्न भाग भएर बग्ने चुक्तीखोला र लुदीखोलामा २ वटा पक्की पुल निर्माण भएका छन् ।
यातायातका साधन सञ्चालन गर्नमिल्ने गरी निर्माण भएका ती पुलको शनिबार उद्घाटन गरिएको हो ।
२ वर्षभित्र निर्माणसम्पन्न गरिसक्ने सम्झौता भएका दुवै पुल १ वर्ष नबित्दै निर्माणसम्पन्न भएका हुन् । पुल पूर्वाधार विकास कार्यालयले निर्माण गरेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुवै पुलको उद्घाटन समारोहमा निर्माण व्यवसायीहरू राजेन्द्र थपलिया र मिलन खड्कालाई अभिनन्दन गरेका छन् ।
पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालका अनुसार लुदी खोलामा ७ करोड ५९ लाख ३० हजार र चुक्तीखोलाको ३ करोड ५८ लाख ३९ हजारमा निर्माण गरिएको छ ।




प्रतिक्रिया