कृष्णनगर – कपिलवस्तु जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार क्षेत्र तथा संवेदनशील स्थानमा २६६ स्थानमा सीसीटीभी जडान गरिएको छ ।
स्थानीय तह तथा विभिन्न सरकारी निकायको सहयोगमा जिल्ला प्रहरी कार्यालयले सीसीटीभी जडान गरेको हो ।
कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्रकुमार सिंहका अनुसार कपिलवस्तु नगरपालिकामा १४ वटा सीसीटीभी क्यामेरा र अन्य पालिकाहरूका मुख्य चोक, बजार तथा सुरक्षाका दृष्टिले संवेदनशील ठानिएका स्थानमा सीसीटीभी जडान गरिएको हो ।
आपराधिक गतिविधि नियन्त्रण तथा समाजमा शान्ति सुव्यवस्था कायम गर्ने उद्देश्यले सीसीटीभी जडान गरिएको उनले बताए ।




प्रतिक्रिया