काठमाण्डु – भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मन्नु महावर द्विपक्षीय ऊर्जा संयन्त्रको बैठकमा सहभागी हुन भोलि सोमबार काठमाण्डु आउँदैछन् ।
उनी २ देशबिचको ऊर्जा संयन्त्रको बैठकमा सहभागी हुन काठमाण्डु आउन लागेका परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
संयन्त्रको बैठक १४ र १५ जुलाईमा हुँदैछ । भारतीय विदेश मन्त्रालयमा नेपाल र भुटान हेर्ने नर्थ डिभिजन प्रमुख रहेका उनी सोमबार १३ जुलाईमा काठमाण्डु आउँदैछन् ।
काठमाण्डुमा रहँदा उनले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।




प्रतिक्रिया