नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी, खाणसहित १६ जनालाई सजाय सुनाउने तयारी

नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी, खाणसहित १६ जनालाई सजाय सुनाउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका दुई पूर्वमन्त्रीसहित १६ जनालाई अदालतले सोमबार सजाय सुनाउने भएको छ।

२३ असारमा जिल्ला अदालत, काठमाण्डुले यससम्बन्धि मुद्दामा फैसला गरेको थियो। यस मुद्दामा पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीसहित संगठित अपराध तथा राज्यविरुद्धको कसुर मुद्दामा दोषी ठहर भएका छन्।

त्यस्तै, पूर्वसांसद आङटावा शेर्पा, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, शरणार्थी नेता टेकनाथ रिजाल, बिचौलिया समूहका केशव दुलाल, सानु भण्डारी, बेचन झा, सन्देश शर्मा, सागर राई, गोविन्द चौधरी, नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जन खरेल दोषी ठहर भएका हुन् ।

३१ जना प्रतिवादी रहेको यो मुद्दामा १६ जना दोषी ठहर छन् भने सात जनाले सफाइ पाएका छन्। आठ जना फरार रहेकाले मुद्दा मुल्तवीमा राखिएको छ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले सजाय निर्धारण गर्नेछ। यस मुद्दामा सात जना प्रतिवादी कारागारमा छन्। रायमाझी, इन्द्रजित राई, बेचन झा, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा कारागारमा छन्।