काठमाण्डु – सरकारले सोमबारदेखि नयाँ कम्पनीबाट राहदानी छपाइ सुरु गरेकाे छ । फ्रान्सेली कम्पनी ओर्वथर अर्थात् आइडेमियामा अर्को कम्पनी मर्फो मिसिएसँगै आइडेमिया नामक कम्पनीले छाप्दै आएको पासपोर्ट अब जर्मनका दुई कम्पनीले छाप्न लागेको हो ।
ती कम्पनीले ६४ लाख थान पासपोर्ट छपाइको जिम्मा पाउने निश्चित भएको राहदानी विभागले जनाएको छ । ती दुई कम्पनीहरू म्युहलबौयर आईडी सर्भिस जीएमबीएच र भेरिडोस जीएमबीएच हुन् ।
अघिल्लो वर्ष नै अन्तर्राष्ट्रिय बोलपत्रमार्फत नयाँ कम्पनीलाई ठेक्का दिइएको भए पनि कानुनी र प्राविधिक अड्चनका कारण कार्यान्वयनमा ढिलाइ भएको थियाे ।












प्रतिक्रिया