२८ सय रुपैयाँले घट्यो सुनको भाउ, कति पुग्यो ?

२८ सय रुपैयाँले घट्यो सुनको भाउ, कति पुग्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सोमबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । अघिल्लो दिनको तुलनामा यसदिन सुनको भाउ तोलामा २८ सय रुपैयाँले घटेको हो ।

हिजो २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८५ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ तोलामा १ सय रुपैयाँले घटेर ४ हजार ३७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।