खोलाले ट्रक बगायो, चालकले पौडेर जोगाए ज्यान

खोलाले ट्रक बगायो, चालकले पौडेर जोगाए ज्यान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मकवानपुरमा खोलाले ट्रक बगाउँदा चालक घाइते भएका छन् । आइतबार बिहान हेटौंडा उपमहानगरपालिका–१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक कर्रा खोलामा आएको बाढीले ट्रक बगाएको हो।

सिमेन्ट फ्याक्ट्रीमा ढुंगा अनलोड गरेर फर्किरहेको ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रकलाई ह्युमपाइप राखेर बनाइएको कल्भर्ट माथिबाट पार गर्ने क्रममा एक्कासि पानीको बहाब बढेर बगाएको थियो ।

ट्रकसंगै बगेका चालक चितवनको रत्ननगर नगरपालिका–१३ निवासी करिब ३४ वर्षीय दीपक थिङले पौडिएर ज्यान जोगाएका छन् ।

चालकको खुट्टामा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।