विश्वकप फुटबल : इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक जित, उपाधिका लागि स्पेनसँग खेल्ने

विश्वकप फुटबल : इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक जित, उपाधिका लागि स्पेनसँग खेल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा रोमाञ्चक जित निकाल्दै इंग्ल्यान्डलाई २–१ गोलले हराएको छ ।

अमेरिकाको एटलान्टा रङ्गशालामा भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो । खेलको पहिलो हाफ निकै तनावपूर्ण थियो। दुवै टोलीले कडा ट्याकल र आक्रामक खेल्दा रेफ्रीले खेल नियन्त्रण गर्न निकै मेहनत गर्नु परेको थियो । दोस्रो हाफ शुरु भएपछि खेलको गति फेरियो ।

५५औँ मिनेटमा मोर्गन रोजर्सको आकर्षक क्रसमा एन्थोनी गोर्डनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए । त्यसपछि इंग्ल्यान्डले रक्षात्मक रणनीति अपनाउँदै अग्रता जोगाउने प्रयास ग¥यो । तर अर्जेन्टिनाले लगातार दबाब बढाउँदै खेलको ८५औँ मिनेटमा कप्तान लियोनल मेसीको पासमा एन्जो फर्नान्डेजले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

बराबरीपछि अर्जेन्टिना झन् आक्रामक बन्यो । अतिरिक्त समयको दोस्रो मिनेटमा मेसीकै पासमा लाउटारो मार्टिनेजले हेडमार्फत निर्णायक गोल गर्दै अर्जेन्टिनाको जीत सुनिश्चित गरे । अन्तिम समयसम्म दबाब थेग्न नसकेको इंग्ल्यान्ड लगातार तेस्रो पटक विश्वकप सेमिफाइनलबाटै बाहिरिएको छ भने अर्जेन्टिना सातौँ पटक विश्वकपको फाइनलमा पुगेको छ ।

अब अर्जेन्टिनाले उपाधिका लागि साउन ४ गते बिहान पौने १ बजे स्पेनसँग प्रतिस्पर्धा गर्नेछ भने इंग्ल्यान्डले तेस्रो स्थानका लागि साउन ३ गते बिहान पौने ३ बजे फ्रान्ससँग खेल्नेछ ।