स्रोत नखुलेको आधा करोड रुपैयाँसहित २ जना पक्राउ

स्रोत नखुलेको आधा करोड रुपैयाँसहित २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– डोल्पामा स्रोत नखुलेको ५५ लाख ९० हजार नेपाली रूपैयाँसहित २ जना पक्राउ परेका छन् । त्रिपुरा सुन्दरी नगरपालिका-१ स्थित त्रिपुराकोटबाट पैसाको गड्डीसहित ३२ वर्षीय विष्णुलाल रोकाया र ४२ वर्षीय भक्तिचन्द्र रोकाया पक्राउ परेका हुन् ।

ठूलिभेरी नगरपालिका दुनैबाट छ्ल गाउँतर्फ जाँदै गरेको भे १३ प ९२६५ मोटरसाइकलाई शंका लागि चेकजाँच गर्दा उनीहरुका साथबाट उक्त रकम फेला परेको छ ।

भेरी करिडोर सडकखण्ड अन्तर्गत त्रिपुराकोटमा एपीएफ, नेपाल प्रहरी तथा जिल्ला प्रसाशन कार्यलयको प्रतिनिधिसहितको संयुक्त टोलीले चेकप्वाइन्ट खडा गरी जाँच गर्ने क्रममा उनीहरूबाट सो रकम बरामद भएको बताइएको छ ।