साउनका लागि ६ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति ?

साउनका लागि ६ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– साउन महिनाको लागि अधिकांश वाणिज्य बैंकहरूले व्यक्तिगत निक्षेपको ब्याजदर स्थिर राखेका छन् । २० वाणिज्य बैंकमध्ये १४ ओटा बैंकहरूले ब्याजदर स्थिर राखेका छन् भने ६ ओटा वाणिज्य बैंकहरूले घटाएका छन् ।

व्यक्तिगत मुद्दती निक्षेपमा साउन महिनाको लागि वाणिज्य बैंकहरूको औषत ब्याजदर ४.१७ प्रतिशत रहेको छ । असार महिनामा व्यक्तिगत मुद्दती निक्षेपको औषत ब्याजदर ४.२६ प्रतिशत थियो। संस्थागत मुद्दतीको औषत ब्याजदर ३.१२ प्रतिशत रहेको छ ।

ब्याजदर घटाएका बैंकहरुमध्ये सिटिजन्स बैंकले ३.९५ प्रतिशत, कुमारी बैंकले ३.८५ प्रतिशत, एनएमबि बैंकले ४.५० प्रतिशत, ग्लोबल आइएमई बैंकले ४ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३.८५ र राष्ट्रिय वाणिज्य बैंकले ४ प्रतिशत ब्याज दिने भएका छन् ।

कुन बैंकको ब्याजदर कति ?

वाणिज्य बैंकहरुवैशाख मुद्दतीको अधिकतम ब्याजदरजेठमा मुद्दतीको अधिकतम ब्याजदरअसारमा मुद्दतीको अधिकतम ब्याजदरमुद्दतीको अधिकतम ब्याजदर
सिद्धार्थ४.०५४.०५४.०५४.०५
एभरेष्ट४.०५४.०५४.०५४.०५
कुमारी४.०५३.९७३.९१३.८५
स्ट्यान्डर्ड चार्टर्ड४.१३.९५३.८५
सिटिजन्स बैंक इन्टरनेशनल४.१५४.१४.१३.९५
प्राइम कमर्सियल४.१५४.१५
कृषि विकास४.१५४.१५४.१५४.१५
नेपाल एसबीआई४.२५४.२५४.२५४.२५
हिमालयन४.५४.२५
नेपाल बैंक४.५४.२५४.२५४.२५
ग्लोबल आइएमई४.५४.५४.५
माछापुच्छ्रे४.५४.५४.५४.५
लक्ष्मी सनराइज४.५४.५
सानिमा४.५४.५४.५४.५
नेपाल इन्भेष्टमेन्ट मेगा४.५४.५४.५४.५
प्रभु४.५५४.५५४.५५४.५५
नबिल४.५५४.५५४.५५४.५५
एनआईसी एसिया४.७५४.५
राष्ट्रिय वाणिज्य४.७५४.७५४.७५
एनएमबि४.९४.८४.७५४.५०