प्रधानमन्त्री शाह र गभर्नर पौडेलबीच शेयर बजारका बारेमा छलफल

प्रधानमन्त्री शाह र गभर्नर पौडेलबीच शेयर बजारका बारेमा छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबीच भेट भएको छ ।

उनीहरुबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भेटवार्ता भएको हो ।

भेटमा उनीहरुबीच मुलुकको शेयर बजार, बैंकिङ तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा छलफल भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् । –रासस