काठमाण्डु– नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा ८ वर्ष कैद र डेढ करोड बढी जरिबानाको फैसला भएको छ।
बिहीबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरु हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले ८ वर्ष कैद सजाय तोकेको हो ।
उनीमाथि व्यवसायी दिपक आनन्दसँग घुस मागेको आरोप पुष्टि भएको छ ।
यस्तै घुस दिएको आरोप लागेका व्यवसायी दिपक आनन्दलाई पनि ८ वर्षकै कैद सजाय तोेकेको छ ।




प्रतिक्रिया