सुन र चाँदीको मूल्य घट्यो

सुन र चाँदीको मूल्य घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सुनचाँदी बजारमा शुक्रबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला तीन हजार एक सय रुपैयाँले घटेको छ ।

सोहीअनुसार सुन प्रतितोला दुई लाख ८२ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ८५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १२५ रुपैयाँले घटेर प्रतितोला चार हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।