जिप दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

जिप दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – डडेलधुराको अमरगढी नगरपालिका–७ खसरेखानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र ०१-००१ ज १८५० नम्बरको बोलेरो जिप शनिबार बिहान सडकबाट करिब ५०० मिटर तल भिरमा खसेर दुर्घटनामा परेको हो ।

घाइते पाँचै जनालाई तत्काल उपचारका लागि डडेलधुरा अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते तीन जनाको अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ का ४५ वर्षीय सुगन लोथ्याल र सोही ठाउका २८ वर्षीय हनु लोथ्याल छन् ।