जनताले नरुचाएका निर्णय सच्याउन तयार छुः बालेन

जनताले नरुचाएका निर्णय सच्याउन तयार छुः बालेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले जनताले मन नपराएका सरकारका निर्णय सच्याउन तयार रहेको प्रतिबद्धता जनाएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत सरकारले बजेटमार्फत स्वास्थ्य र शिक्षामा लगाएको तीन प्रतिशत कर खारेजीको घोष्णा गर्दै उनले गलत भए सच्याएर अघि बढ्न तयार रहेको बताएका हुन् ।

शाहले नागरिकस्तरबाट आएको असन्तुष्टि र सुझावलाई मध्यनजर गर्दै कर हटाइएको स्पष्ट गरे । बजेटमा घोषणा भए बमोजिम स्वास्थ्य र शिक्षामा कर लिँदा आम मानिसले थप खर्च र निराशा भोग्नुपर्ने देखिएको उनको भनाइ छ ।

आफू नेतृत्वको सरकार जनताको विश्वास र अपेक्षाबाट बनेको जनमुखी सरकार भएको दाबी गर्दै प्रधानमन्त्री शाहले नागरिक असन्तुष्ट हुने सच्याउन सरकार तयार रहेको बताए ।

‘नागरिकको माग सुन्दै अगाडि बढ्न तथा समतामूलक समाज निर्माण गर्न हाम्रो प्रतिबद्धता अटल र स्पष्ट छ,’ प्रधानमन्त्रीले लेखेका छन्, ‘सरकारका सबै निर्णय नागरिकको हितलाई केन्द्रमा राखेर गरिएका छन् र गरिने छन् । कुनै निर्णयप्रति नागरिक असन्तुष्ट भएमा त्यसलाई सुधार्न र परिमार्जन गर्न सरकार सधैँ तयार रहनेछ ।’


केही दिनअघि रौतहटमा आयोजित एक कार्यक्रममा सत्तारुढ रास्वपा सभापति रवि लामिछानेले सरकारका गलत निर्णय रातारात सच्याइने बताएका थिए ।