काठमाण्डु–सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदहरुका भड्किलो व्यवहारमा अंकुश लगाउने भएको छ ।
महामन्त्री विपिनकुमार आचार्यले मंगलबार एक विज्ञप्ति जारी गर्दै सांसदहरुलाई जिल्ला भ्रमण र कार्यक्रममा भड्किलो व्यवहार नगर्न निर्देशन दिएका हुन् ।
सुशासनको राजनीतिक सन्देश प्रवाह हुने व्यवहार गर्न उनले सांसदहरुलाई निर्देशन दिए ।
‘भ्रमण र कार्यक्रमहरूलाई तडकभडक, भड्किलोपन र अनावश्यक खर्चबाट पूर्णतः मुक्त राख्दै, स्रोत–साधनको मितव्ययी उपयोग गरी सुशासनको राजनीतिक सन्देश प्रवाह गर्न’, अचार्यले जारी गरेको निर्देशनको चौथो बुँदामा भनिएको छ ।
रास्वपाले सांसदहरुलाई पार्टीको सम्बन्धित कमिटीलाई पूर्वजानकारी नदिई आफूखुसी जिल्ला जान रोक लगाएको छ ।




प्रतिक्रिया