काठमाण्डु– सरकारप्रति लगानीकर्ता आश्वस्त हुँदै गएपछि सेयर बजारमा साकारात्मक प्रभाव देखिन थालेको छ ।
छैठौं दिन मंगलबार पनि सेयर बजार मापक नेप्सेमा एकल अंकको वृद्धि भयो ।
मंगलबार नेप्से ७.२५ अंकले बढेर २७२६.४९ विन्दुमा पुगेको छ ।
सेयर बजारमा लगातार गिरावट आउन थालेपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले लगानकिर्तालाई बोलाएर भेटेका थिए ।
त्यस क्रममा उनले ‘शेयर बजारमा रहेको त्रास’ को वातावरण अन्त्य हुने प्रतिबद्धता जनाएका थिए ।
पछिल्ला दुई कारोबार दिनमा १२१ अंक जोडेको नेप्सेमा मंगलबार भने झिनो वृद्धि देखियो । लगानीकर्ता नाफा बुक गर्नतिर लागेपछि बजार सामान्य अंकले बढेको हो ।
मंगलबार कुल ६ अर्ब ६७ करोड रूपैयाँको सेयर कारोबार भएको छ । ३ सय ४३ वटा धितोपत्र तथा ऋणपत्रको कारोबार भएकामा १ सय ९१ कम्पनीको मूल्य बढेको छ । १ सय ९८ कम्पनीको मूल्य घटेको छ ।
एभरेष्ट कलरको सेयर मूल्य सर्वाधिक १४.९८ प्रतिशतले बढेर ४ सय २८ रूपैयाँ पुगेको छ ।
सर्वाधिक कारोबार हुने कम्पनीमा रिडी पावर अगाडि रह्यो । उक्त कम्पनीको सर्वाधिक ५५ करोड बराबरको सेयर कारोबार भयो ।




प्रतिक्रिया