आत्मदाह गरेका गणेश नेपाली र विवेक मण्डलका परिवारले गगनले दिए एक/एक लाख राहत

आत्मदाह गरेका गणेश नेपाली र विवेक मण्डलका परिवारले गगनले दिए एक/एक लाख राहत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका सर्लाहीका विवेक मण्डल र मुगुका गणेश नेपालीका परिवारलाई जनही १ लाख रुपैयाँ आर्थिक राहत प्रदान गरेका छन् ।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा शुक्रबार जारी विज्ञप्तिमा सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ३५ वर्षीय विवेक मण्डल र मुगुको सोरू गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीका परिवारलाई राहतस्वरूप उक्त सहयोग उपलब्ध गराइएको उल्लेख छ ।

विज्ञप्तिका अनुसार सभापति थापाले दुवै घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् । साथै, विवेक मण्डलका सन्तानहरूको शिक्षा–दीक्षाको व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

मण्डलको उपचारका क्रममा गत असार ३० गते तथा गणेश नेपालीको गत असार २६ गते निधन भएको थियो । दुवै जनाले आत्मदाह प्रयास गरेपछि उपचारका क्रममा ज्यान गुमाएका थिए

कांग्रेसले पीडित परिवारलाई राहत उपलब्ध गराउनुका साथै यस्ता दुःखद घटनाको पुनरावृत्ति हुन नदिन सरकारको ध्यानाकर्षण गराएको छ ।