धनगढी– स्वास्थ्य क्षेत्र सुधारको माग राखेर सत्याग्रह थालेका डा. गोविन्द केसीलाई अनशन स्थल छाड्न चेतावनी दिइएको छ ।
केसी बिहीबारदेखि कैलालीको धनगढीस्थित कृष्ण मन्दिरमा सत्याग्रह बसेका छन् ।
कृष्ण मन्दिर व्यवस्थापन समितिले लिखित पत्र बुझाउँदै केसीलाई उक्त स्थान छाड्न भनेको हो ।
पत्रमा धर्मशाला व्यवस्थापन समिति अध्यक्ष मुक्तिनाथ पन्तले हस्ताक्षर गरेका छन् ।
धार्मिक संस्थामा राजनीतिक उद्देश्यका लागि अनसन बस्न नमिल्ने पन्तले बताएका छन् । सुरुमा बास मागेर बसेका केसीले धर्मशालालाई अनसन स्थल बनाएपछि विरोध भएको पत्नले बताए ।
यसैबीच डा. केसीले उक्त स्थान छाड्ने तयारी गरेका छन् ।
धर्मशाला व्यवस्थापनले पत्र दिएएकाले केसी अन्यत्र सर्ने विकल्पबारे छलफल भइरहेको उनको अभियानमा संलग्न डा. अमृत जैशीले जानकारी दिए ।
केसी पक्षले पनि पूर्वअनुमति लिएर धर्मशालामा अनसन बसेको भए पनि कसैको दबाबमा हटाउन खोजिएको दाबी गरेको छ ।
‘पहिला धर्मशाला व्यववस्थापनलाई भनेरै उहाँले सत्याग्रह थाल्नुभएको हो’, जैशीले भने, ‘सायद माथिबाट दबाब आएपछि जानुस् भनेको जस्तो लाग्छ ।’




प्रतिक्रिया