काठमाण्डु – कपिलवस्तुमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
नेपालगञ्जबाट काठमाण्डु आउँदै गरेको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशामा रहेको लुम्बिनी प्रदेश ०१–००४ प ३८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
शुद्धोधन गाउँपालिका ६ बिपियामा गएराति भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरूको तौलिहवास्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएका हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार मृतक दुवैको सनाखत हुन सकेको छैन । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




प्रतिक्रिया