सुनसरी घटना : कर्फ्यू उल्लंघन गर्दै राजमार्गमा प्रदर्शन

सुनसरी घटना : कर्फ्यू उल्लंघन गर्दै राजमार्गमा प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा एक जनाको मृत्यु पछि स्थिति सामान्य पार्न प्रहरीले लगाएको कर्फ्यूको उल्लघंन गर्दै स्थानीयले प्रदर्शन गरेको छ ।

दुई समूहबीचको झडप रोक्ने क्रममा प्रहरीले आइतबार राति गोली चलाउँदा २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । जसमा प्रहरीको गोली लागेर १० जना घाइते छन् ।

घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि ५ स्थानमा कर्फ्यु जारी गरेको थियो । तर कर्फ्यु उल्लङ्घन गर्दै स्थानीयले प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा कप्तानगंज क्षेत्रको अवस्था तनावग्रस्त छ । सुनसरी सदरमुकाम इनरुवा बजार र लौकही क्षेत्रमा पनि प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले इनरुवा बजार क्षेत्रमा बन्द गर्दै पूर्व पश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनका कारण पूर्वपश्चिम राजमार्गको सुनसरी खण्ड अवरुद्ध छ ।