काठमाण्डु– गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । मन्त्री गुरुङले सोमबार साँझ बस्नेगरि केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका हुन् ।
आइतबार राति सुनसरीमा दुई समूहबीचको झडप रोक्ने क्रममा प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोली १० जनालाई लागेको थियो । घाइते मध्ये २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ । ९ जना विराटनगरको विभिन्न अस्पतालमा उपचाररत छन् ।
यसै विषयमा छलफल गर्न बैठक बोलाइएको हो । गृहमन्त्रीले सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र प्रहरी बलका प्रमुखसँग छलफल गरेका थिए ।




प्रतिक्रिया