काभा भलिबल च्याम्पियनशिपमा लिग चरणका सबै खेलमा नेपाल पराजित

काभा भलिबल च्याम्पियनशिपमा लिग चरणका सबै खेलमा नेपाल पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पाकिस्तानमा जारी काभा पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल लिग चरणका सबै ५ वटै खेलमा पराजित भएको छ ।

सोमबार उज्वेकिस्तानसँग भएको खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित भयो । उज्वेकिस्तानले पहिलो सेट २६–२४, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२२ ले जित्यो ।

नेपाल पहिलो खेलमा काजकस्तानसँग ३–२, दोस्रो खेलमा श्रीलङ्कासँग ३–२, तेस्रो खेलमा पाकिस्तानसँग ३–० र चौथो खेलमा बङ्गलादेशसँग ३–२ को सेटमा पराजित भएको थियो । योसँगै नेपाल प्रतियोगितामा ३ अङ्कसहित तालिकाको पुछारमा छ ।

६ वटा सहभागी प्रतियोगिताका शीर्ष ४ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । अब लिग चरणका २ खेलपछि सेमिफाइनल समीकरण पूरा हुनेछ । काभा पुरुष भलिबल च्याम्पियनशिपको फाइनल खेल बुधवार हुनेछ ।