काठमाण्डु– व्यवसायी दीपक भट्टले दायर गरेको निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन माग गरेको छ ।
सर्वोच्चले सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका भट्टलाई थुनामा पठाउने विशेष अदालतको आदेशको कैफियत प्रतिवेदन माग गरेको हो ।
सोमबार न्यायाधीश विनोद शर्माको इजलासले भट्टको निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दैै कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएका हुन्।
भट्टले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत पाटन र विशेष अदालतको आदेश बदरको माग गर्दै शुक्रबार सर्वोच्चमा निवेदन दिएका थिए ।
भट्टले बैंकिङ कसुरको आदेश पनि बदर गर्न माग गरेका छन्। उक्त आदेशका विषयमा पनि सर्वोच्चले कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको छ।
गत असार ५ मा उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषि राजभण्डारी र सोमकान्त मैनालीको संयुक्त इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।




प्रतिक्रिया