३३ अंकले घट्यो सेयर बजार, ६ अर्बको कारोबार

३३ अंकले घट्यो सेयर बजार, ६ अर्बको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– केहि दिन बढेको सेयर बजार आज राताम्मे भएको छ । यसदिन नेप्से ३३ अंकले घटेर परिसुचक २७०१ अंकमा झरेको छ ।

बजार घटेपछि यसदिन कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ४ अर्ब ६७ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७ करोडको भयो ।

कारोबारमा आएका आज ३५ कम्पनीको मूल्य बढ्दा २३५ को घट्यो भने ५ को स्थिर रह्यो ।

कारोबार रकमका आधारमा यसदिन रिलायन्स स्पिनिङ मिल्स, ग्लोबल आईएमई बैंक, रिडी पावर, कुमारी बैंक, सेन्ट्रल फाइनान्स अगाडि रहेकाछन् ।

आज एभरेस्ट कलरको मूल्य १५ प्रतिशत बढ्यो भने आत्मनिर्भर लघुवित्तको सबैभन्दा धेरै १३.३८ प्रतिशतले घट्यो ।

आज बैंकिङ समूह ०.१० प्रतिशत र म्यूचल फण्ड ०‍‍.१५ प्रतिशत बढ्यो । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै २.३० प्रतिशत घट्यो ।

त्यस्तै व्यापार २.२३, होटल तथा पर्यटन २.२२ प्रतिशत घटे । विकास बैंक १.८२, फाइनान्स ०.७०, जलविद्युत् १.९०, लगानी ०.७०, जीवन बीमा १.२५, माइक्रोफाइनान्स १.२७, निर्जीवन बीमा १.२१ तथा अन्य १.६९ प्रतिशत घटे ।