स्वास्थ्य मन्त्रालयको चेतावनी : कानून हातमा लिएर स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नु स्वीकार्य हुँदैन

स्वास्थ्य मन्त्रालयको चेतावनी : कानून हातमा लिएर स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नु स्वीकार्य हुँदैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नारायणी अस्पताल वीरगञ्जमा तोडफोड तथा चिकित्सकमाथिको आक्रमणप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दु:ख व्यक्त गरेको छ ।

सोमबार मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा आक्रमणका घटनाप्रति शून्य सहनशीलताको नीति रहेको उल्लेख छ । उपचारका क्रममा मृत्यु भएको घटनामा श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ ।

उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । मन्त्रालयले उपचारका क्रममा कुनै अप्रिय घटना भए त्यसको छानबिनका लागि प्रचलित कानुनी व्यवस्था रहेको उल्लेख गर्दै कानून हातमा लिएर चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नु कुनै पनि अवस्थामा स्वीकार्य नहुने स्पष्ट गरेको छ ।

विज्ञप्तिमा चिकित्सक तथा स्वास्थ्यकर्मीले निर्भय, सुरक्षित र उच्च मनोबलका साथ सेवा दिन पाउने वातावरण सुनिश्चित गर्नु सरकारको दायित्व रहेको उल्लेख गर्दै अस्पताल प्रशासन, स्थानीय प्रशासन र सुरक्षा निकायलाई घटनामा संलग्न दोषीको पहिचान गरी कानुनी कारबाही गर्न आग्रह गरिएको छ ।

मन्त्रालयले सबै अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निरन्तर सेवा प्रवाहमा लागिरहन आग्रह गर्दै नागरिकलाई पनि अस्पतालको सेवा प्रणाली सुधारमा सहयोग गर्न अपिल गरेको छ ।