काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक पर्सि बुधबार बोलाइएको छ ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी सूचनाअनुसार बैठक साउन १३ गते बुधबार बिहान ११ बजे वनस्थलीस्थित घण्टीघरमा रहेको केन्द्रीय कार्यालयमा बस्नेछ ।
बैठकमा ५ वटा एजेन्डामाथि छलफल हुने जनाइएको छ । कार्यसूचीमा सम्पन्न महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जन, सांगठनिक व्यवस्थापन तथा मनोनयन, आगामी अभियान तथा कार्यक्रम सञ्चालन तथा विविध विषय समावेश छन् ।
पार्टीले सम्बन्धित सबै केन्द्रीय समिति सदस्यलाई निर्धारित समयमै बैठकमा उपस्थित हुन आग्रह गरेको छ ।




प्रतिक्रिया