आज उद्योगपतिहरुसँग बजेट कार्यान्वयन विशेष छलफल गर्दै अर्थमन्त्री वाग्ले

आज उद्योगपतिहरुसँग बजेट कार्यान्वयन विशेष छलफल गर्दै अर्थमन्त्री वाग्ले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रमा विशिष्ट योगदान पुर्‍याएका झन्डै तीन दर्जन उद्योगपतिसँग विशेष छलफल गर्ने भएका छन् ।

मंगलबार अर्थ मन्त्रालयमा उत्पादनमूलक उद्योग सञ्चालन गर्दै आएका उद्योगपतिसँग बजेट कार्यान्वयन विशेष छलफल गर्ने भएका हुन् ।

अर्थ मन्त्रालयका अनुसार छलफलमा बजेट कार्यान्वयनको अवस्था, उत्पादनमूलक उद्योगले भोगिरहेका चुनौती, निजी क्षेत्रका सुझाव तथा अर्थतन्त्रलाई थप चलायमान बनाउने उपायबारे विस्तृत विमर्श गरिनेछ।

कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, अर्थसचिव डा. घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद दवाडी तथा अर्थ मन्त्रालयका विभिन्न महाशाखा र विभागका वरिष्ठ अधिकारीहरूको सहभागिता रहने जनाइएको छ।

अर्थमन्त्रीको सचिवालयका अनुसार कार्यक्रम आज अपराह्न ३ बजेदेखि अर्थ मन्त्रालयमा सुरु हुनेछ।