व्यक्तिगत खाताबाटै झण्डै २ अर्ब रुपैयाँको हुण्डी कारोबार, एक जना पक्राउ

व्यक्तिगत खाताबाटै झण्डै २ अर्ब रुपैयाँको हुण्डी कारोबार, एक जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– झण्डै दुई अर्ब रुपैयाँ बराबरको हुण्डी कारोबारमा संलग्न एक जना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले धादिङको सत्यदेवी गाउँपालिका–८ घर भई काठमाण्डुको नागार्जुन नगरपालिका–८ मा बस्दै आएका ४९ वर्षीय राजेन्द्रप्रसाद रिजाललाई पक्राउ गरेको हो ।

रिजालले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा व्यक्तिगत खाता प्रयोग गरि एक अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४५४ रुपैयाँ बराबरको हुण्डीको माध्यमबाट कारोबार गरेको पाइएको ब्युरोका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए ।

सीआईबीले मंगलबार जिल्ला अदालत, काठमाण्डुबाट अनुमति लिएर नागार्जुन नगरपालिका–८, राधाकृष्ण मन्दिर क्षेत्रबाट पक्राउ गरेको हो ।

थप अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ ।