सुनसरी घटनाबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग लिए ब्रिफिङ

सुनसरी घटनाबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग लिए ब्रिफिङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले सुनसरीको पछिल्लो सुरक्षा स्थिति र सामाजिक सद्भावका चुनौतीबारे सुरक्षा निकायका प्रमुखहरूसँग बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विस्तृत ‘ब्रिफिङ’ लिएका छन् ।

प्रधानमन्त्री बालेनले गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेट गरी पछिल्लो वस्तुस्थितिबारे जानकारी लिएका हुन् ।

छलफलका क्रममा प्रधानमन्त्री बालेनले नागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न, शान्ति कायम राख्न र सामाजिक सद्भाव बिथोल्ने तत्वहरूमाथि कडा निगरानी राख्दै सुरक्षाकर्मीलाई उच्च सतर्कताका साथ परिचालन गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिए ।