काठमाण्डु – जबरजस्तीकरणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी भोजपुर घर भएका ३२ वर्षीय जनक राई पक्राउ परेका छन् ।
एनसीबी कतार दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ ।
मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसीबी काठमाण्डुको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ चैत १९ गते उनीविरूद्ध रेड नोटिस जारी भएको थियो ।
उनलाई सम्बन्धित कसुर बमोजिम कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय भोजपुर बुझाइने नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।




प्रतिक्रिया