काठमाण्डु– जनकपुरस्थित सहरी क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले विज्ञपति जारी गर्दै कर्फ्यु आदेश जारी भएको जानकारी दिएका हुन् ।
बिहीबार दिउँसो साढे ३ बजेदेखि लागू हुनेगरी कर्फ्यु आदेश जारी भएको हो ।
जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणका आधारमा आन्दोलन तथा हुलदङ्गा भई शान्ति भङ्ग हुन जाने देखिएपछि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार कर्फ्यु लगाइएको हो।
आजै २ बजेबाट सिरहाको गोलबजार आसपासका क्षेत्रमा पनि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।
चारकिल्ला क्षेत्र
उत्तरमा –लक्ष्मीनिया हाटबजार चोक (लक्ष्मीनिया गा.पा.-७) हुँदै पश्चिम सिनुरजोडा चोकसम्म पूर्वमा लक्ष्मीपुर बगेवा सम्म
पूर्व –बेलौनी रोड- एम.क्यू.स्टीलबाट ५०० मिटर पूर्व पेट्रोल पम्प हुलाकी सडक देखि राष्ट्रिय प्राथमिक विद्यालयसम्म
दक्षिण–नगराईन नगरपालिका देखि नगराईन चोक सम्म
पश्चिम–सिनुरजोडा-सोहनी-मनिमण्डप-नेपाल नर्सरी- इस्कोन जनकपुर-दुधमती पुल, बेला, कादरी मस्जिदसम्म





प्रतिक्रिया