मधेशको सुरक्षा अवस्था कडा पार्न सेनाले पठायो रेन्जर फोर्स

मधेशको सुरक्षा अवस्था कडा पार्न सेनाले पठायो रेन्जर फोर्स

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मधेशमा तनाव बढ्दै गएपछि नेपाली सेनाले थप सुरक्षा फौज परिचालन गरेको छ।

धनुषामा शान्ति-सुरक्षा कायम गर्न जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेका बेला सेनाको रेन्जर फोर्ससहितको टोली जनकपुर पुगेको सैनिक स्रोतले जनाएको छ।

स्रोतका अनुसार नेपाली सेनाले कासा हेलिकोप्टरमार्फत उपरथी रामसुन्दर बोहराको नेतृत्वमा ३५ सदस्यीय टोली शुक्रबार जनकपुर पठाएको हो। उक्त टोलीमा सेनाको रेन्जर फोर्ससमेत समावेश रहेको बताइएको छ।

गृहमन्त्री सुदन गुरुङ नेतृत्वको टोली सुनसरीमा रहेका बेला मधेशको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सेनाले थप फौज परिचालन गरेको स्रोतको भनाइ छ।