काठमाण्डु– थाईल्याण्डबाट ल्याएको ११ केजी गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत लुदियाना पन्जाव घर भएका ३० वर्षीय सोनी, पन्जाव घर भएका २३ वर्षीय जागरुप सिंह र कैरु हरियाणा घर भएका २२ वर्षीय साहिल रहेका छन् ।
क्याथे प्यासिफिक एयरवेजको जहाजमार्फत हङकङ हुँदै काठमाण्डु आएका उनीहरुलाई लागुऔषध नियन्त्रण ब्युरोले शनिबार राति पक्राउ गरेको हो ।
नेपाल आएका भारतीय नागरिक २ जना र सोही गाँजा लिन आउने अर्को भारतीय नागरिक १ जना गरी जम्मा ३ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको ब्यूरोले जनाएको छ ।
त्यस क्रममा उनीहरूको झोला चेकजाँच गर्ने क्रममा थाइल्यान्डको ११ केजी गाँजा फेला पारेको हो ।




प्रतिक्रिया