काठमाण्डु – अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भीओआईपी) मा संलग्न ४ जना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले काठमाण्डु र भक्तपुरबाट भीओआईपी उपकरणसहित उनीहरूलाई पक्राउ गरेको हो ।
गोरखाको अजिरकोटका प्रोशेस गुरुङ, काठमाण्डुको शंखरापुरका मुना श्रेष्ठ, कञ्चनपुरको कृष्णपुरका जेनित झुकाल तथा भक्तपुरको सूर्यविनायकका कृष्ण नगरकोटीलाई काठमाण्डु र भक्तपुरबाट पक्राउ गरिएको व्यूरोका प्रवक्ता अनुपमशम्शेर जबराले जानकारी दिए ।
प्रहरीले उनीहरूको साथबाट ल्यापटप, विभिन्न कम्पनीका सिमकार्ड, मोबाइल, ब्याट्री, इन्टरनेट हव, राउटरलगायत सामग्री बरामद गरेको छ ।




प्रतिक्रिया