ललितपुर – ५ वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका ३ प्रतिवादीलाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार २०७७ चैत २ गते ललितपुरको गोदावरी नगरपालिका–८ डुकुछापकी १ युवतीको कर्तव्य गरी हत्या गरेको आरोपमा फरार रहेका ३ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका–८ डुकुछाप निवासी ३० वर्षीय प्रदिप थापा मगर, ३० वर्षीय प्रबिन थापा मगर र ३० वर्षीया गोपिनी थापा मगर रहेका छन् ।
उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनाविरुद्ध सम्मानित जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया