काठमाण्डु– विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको आरोप लागेका अधिकारीलाई विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य, सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
पोखरा विमानस्थल निर्माणमा ठेकेदार कम्पनीलाई राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोप लागेको थियो । यो मुद्दामा धरौटी बुझाएपनि थुनामुक्त हुन भने पाउने छैनन् ।




प्रतिक्रिया