रविन्द्रका परिवार र गृहमन्त्रीबीच भोलि फेरि वार्ता हुने

रविन्द्रका परिवार र गृहमन्त्रीबीच भोलि फेरि वार्ता हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा मृत्यु भएका रविन्द्र मेहताका आफन्त र गृहमन्त्री सुधन गुरुङ बिचको छलफल सकिएको छ।

गृहमन्त्रीले मंगलबाार साँझ त्रिवि शिक्षण अस्पतालमा पुगेर रविन्द्र आफन्तसँग छलफल गरेका हुन् । भोलि पुनः दोस्रो चरणमा छलफल गनेृ गरी आजको वार्ता सकिएको हो ।

स्रोतका अनुसार मृतकका बुबाआमा भोलि काठमाण्डु आउनेछन् ।त्यसपछि फेरि गृहमन्त्रीसँग छलफल हुने बताइएको छ ।

२२ वर्षीय रवीन्द्रको उपचारको क्रममा मंगलबार बिहान निधन भएको थियो। उनको शव अस्पतालमै राखिएको छ । परिवारले शव बुझ्न नमानेपछि गृहमन्त्री गुरुङ आफैं पुगेर छलफल गरेका थिए ।