काठमाण्डु – विशेष अदालतले पोखरा विमानस्थल निर्माणको कर छुट सम्बन्धी मुद्दामा पूर्वसचिव महेश्वर न्यौपानेलाई साढे ४ लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य, सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले तत्कालीन पर्यटन सचिव न्यौपानेसँग ४ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
गत वैशाखमा पोखरा विमानस्थल निर्माणमा संलग्न चिनियाँ कम्पनी सीएएमसी र सञ्चालकहरूमाथि अख्तियारले आरोपपत्र दायर गरेको थियो । अख्तियारको दाबीमा ठेक्का सम्झौतामा भएको व्यवस्थाविपरीत ठेकेदारलाई राजस्व छुट दिएर भ्रष्टाचार गरेको दाबी गरिएको थियो । अख्तियारले ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो माग गरेको थियो ।




प्रतिक्रिया