काठमाण्डु – बैंकिङ कसुर मुद्दामा फरार रहेका १ प्रतिवादीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार सिन्धुपाल्चोकको इलाका प्रहरी कार्यालय नवलपुरमा दर्ता रहेको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी रामबहादुर थापालाई सिमराबाट काठमाण्डु आउने क्रममा विमानस्थलको आन्तरिक आगमन कक्षबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका ४० वर्षीय थापा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ सिम्पालकाभ्रे निवासी हुन् ।
विमानस्थल सुरक्षा कार्यालयले पक्राउ परेका थापालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय नवलपुर, सिन्धुपाल्चोक पठाउने प्रक्रिया अघि बढाउन प्रहरी वृत्त गौशालाको जिम्मा लगाइएको जनाएको छ ।




प्रतिक्रिया