वर्षा र पहिरोका कारण ८ राजमार्ग पूर्णरुपमा अवरुद्ध (सूची)

वर्षा र पहिरोका कारण ८ राजमार्ग पूर्णरुपमा अवरुद्ध (सूची)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग र सडक खण्डहरू अवरुद्ध भएका छन्।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार आज देशभरका ८ वटा सडक पूर्णरुपमा अवरुद्ध बनेका छन् ।

मेची राजमार्ग, वि.पि. राजमार्ग, मध्य पहाडी लोकमार्ग, कालीगण्डकी कोरिडोर,पृथ्वी राजमार्ग, अरनिको राजमार्ग अन्तर्गतका विभिन्न सडक बन्द छन् ।

ईलामको राजदुवाली क्षेत्र, चितवनको इच्छाकामना गाउँपालिका–५, ललितपुरको बागमती गाउँपालिका(३ पाण्डुर र मकवानपुरको ठिंगन खण्ड, काभ्रेको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्ड अवरुद्ध छन् ।

यस्तै मध्य पहाडी लोकमार्गको पूर्वी रुकुमको भुमे गाउँपालिका, कर्णालीका सडकहरू भेरी कोरिडोर (रुकुम पश्चिम), नाग्म–गमगढी सडक (मुगु) र नाग्म सडक खण्ड (जुम्ला) मा बाढी र पहिरोले गर्दा सवारी आवगमन ठप्प रहेको छ ।