६ प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, २९ जिल्लामा बाढीको जोखिम

६ प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, २९ जिल्लामा बाढीको जोखिम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आज २९ जिल्ला र आसपाका खोला तथा नदीमा आकस्मिक बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डु, भक्तपुर, ललितपुरसहित २९ जिल्लामा बाढीको जोखिम रहेको हो ।

आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाण्डु, भक्तपुर, ललितपुर, मकवानपुर, नुवाकोट, धादिङ, रसुवा, गोरखा, चितवन, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, रुपन्देही, कपिलवस्तु, पाल्पा, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, डोटी, डडेल्धुरा, कञ्चनपुर, कैलाली र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।