पेट्रोल बोकेको ट्यांकरमा लागेको आगो सशस्त्रले निभायो, महेन्द्र राजमार्ग खुल्यो

पेट्रोल बोकेको ट्यांकरमा लागेको आगो सशस्त्रले निभायो, महेन्द्र राजमार्ग खुल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– रौतहटको पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुर–निजगढ सडकखण्डको गुजरा नगरपालिका–३ स्थित धन्सारमा पेट्रोल बोकेको ट्यांकर दुर्घटना हुँदा आगलागी भएको छ ।

नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट १२ हजार लिटर पेट्रोल लोड गरी सर्लाहीतर्फ जाँदै गरेको म.प्र. ०३–००१ ख ७८११ नम्बरको ट्यांकर अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनापछि ट्यांकरमा आगलागी हुँदा राजमार्गमा केहि बेर सवारी चलाउन रोक लगाइएको थियो ।

ट्यांकरमा चालक बारा निबासी समिर गुरुङ्ग मात्र सवार रहेको र दुर्घटनापछि उनी सकुशल रहेको प्रहरीले जनाएको छ ।

चालक गुरुङ्गका अनुसार सडक पार गर्न लागेको एउटा मृगलाई जोगाउने प्रयास गर्दा ट्यांकर अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनाबारे जानकारी पाएपछि आवश्यक उद्धार तथा आगलागी नियन्त्रणको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा वेश निजगढ बारा र सुरक्षा बेश सन्तपुर रौतहटबाट टोली खटिएको थियो ।

उक्त आगलागीबाट मानवीय क्षति केही नभएको र तेल ट्याङ्कर पुर्ण रुपमा जलेको बताईएको छ ।