कांग्रेस विवाद : देउवा पक्षका नेताहरूको पुनरावलोकन निवेदन अध्ययन गर्दै सर्वोच्च

कांग्रेस विवाद : देउवा पक्षका नेताहरूको पुनरावलोकन निवेदन अध्ययन गर्दै सर्वोच्च

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धीको फैसलामा कांग्रेस देउवा पक्षका नेताहरूको पुनरावलोकन निवेदन तीन न्यायाधीशले अध्ययन गर्ने भएका छन् ।

देउवाले दिएको पुनरावलोकन उपर बिहीबार पूर्ण इजलासमा सुनुवाई हुन लागेको हो ।

निवेदन अध्ययनका लागि सर्वोच्च अदालतले प्रधानन्यायाधीश डा. मनोज शर्मा, न्यायाधीशहरु नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको तीन सदस्यीय पूर्ण इजलास गठन गरेको हो ।

नेपाली कांग्रेसको आधिकारिकता गगन थापा नेतृत्वलाई दिने निर्वाचन आयोगको निर्णय गत वैशाख ४ गते सर्वोच्च अदालतबाट पनि सदर भएको थियो।

साउन ६ गते शेरबहादुर देउवा र १२ गते पुर्णबहादुर खड्काले यसअघिको फैसलामा त्रुटी भएको दाबी गर्दै पुनरावलोकनको माग गरेर निवेदन दिएका छन्।

निवेदनमा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र कांग्रेस केन्द्रीय कार्यसमितिलाई विपक्षी बनाइएको छ।