काठमाण्डु– नेपाली कांग्रेसको वैधानिकतासम्बन्धी विवादमा यसअघि सर्वोच्च अदालतले दिएको आदेश पुनरवलोकन हुने वा नहुने भन्ने विषयमा आज सुनुवाइ हुँदैछ ।
प्रधानन्यायाधीश मनोजकुमार शर्मा तथा न्यायाधीशहरु नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले पुनरवलोकन निवेदनमाथि सुनुवाइ गर्ने भएको हो ।
काँग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको आधिकारिकता आफ्नो पक्षले पाउनुपर्ने दाबीसहित पुनरावलोकन निवेदन दिएको थियो ।
पुनरवलोकनको अनुमति पाए कांग्रेसको आधिकारिक नेतृत्वसम्बन्धी विवाद फेरि सुनुवाइ प्रक्रियामा जानेछ । अनुमति नपाएको खण्डमाको फैसलाले निरन्तरता पाउनेछ ।
हाल हङकङमा रहेका पूर्वसभापति देउवाले गत ७ साउनमा वारेसमार्फत पुनरवलोकनको निवेदन दर्ता गराएका थिए । विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई आधिकारिकता दिने ठर्वोच्चको आदेश पुनः परीक्षण हुनुपर्ने माग देउवाको छ ।
गत ४ वैशाखमा न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता प्रदान गरेको थियो ।
विशेष महाधिवेशनलाई निर्वाचन आयोगले वैधानिक मान्यता दिएपछि त्यस निर्णयविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्काले सर्वोच्च अदालतको ढोका ढकढक्याएका थि ए।
उनीहरूले निर्वाचन आयोग, सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाएका छन्।




प्रतिक्रिया