भारतीय प्रधानसेनापति नेपाल आउँदै

भारतीय प्रधानसेनापति नेपाल आउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भारतीय सेनाध्यक्ष जनरल धीरज सेठ पाँच दिने औपचारिक भ्रमणका सिलसिलामा आगामी ३१ साउनमा नेपाल आउने भएका छन् ।

प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।

भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ ।


विगत सात दशकयता नेपाल र भारतबीच एकअर्काका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान परम्परा रहँदै आएको छ ।
नयाँ सेना प्रमुख नियुक्त भएपछि भ्रमण आदान–प्रदान गर्ने र मानार्थ महारथीको सम्मान प्रदान गर्ने अभ्यास छ ।

सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भ्रमणको तयारी भइरहेको जानकारी दिँदै औपचारिक पुष्टि भएपछि विस्तृत कार्यक्रम सार्वजनिक गरिने बताएका छन् ।

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललाई २७ मंसिर मंसिर २०८१ मा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन् ।

भ्रमणका क्रममा जनरल सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि शिष्टाचार भेट गर्ने सम्भावना छ ।

यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रस्ताव पठाइएको भए पनि भेट तय हुन बाँकी रहेको स्रोतले जनाएको छ ।


गत १३ चैतमा बालेन्द्र शाह (बालेन) नेतृत्वमा सरकार गठन भएपछि जनरल सेठ नेपाल भ्रमण गर्ने पहिलो उच्च भारतीय अधिकारी हुनेछन् ।


यसअघि भारतीय विदेश सचिव विक्रम मिस्रीको भ्रमण तय भए पनि अन्तिम समयमा आएर रद्ध भएको थियो ।